भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

हावाहुरी, असिना–पानीले बालीमा क्षति

हावाहुरी, असिना–पानीले बालीमा क्षति

मान्म, । कालीकोटमा शुक्रबार बेलुका आएको हावाहुरीसहितको असिना–पानीले किसानका बालीमा क्षति पुर्‍याएको छ । मकै, स्याउ र बेमौसमी तरकारीबालीमा हावाहुरी, असिना–पानीले क्षति पुर्‍याएको हो । भर्खरै उम्रिँदै गरेका र बढ्न थालेका मकै हावाहुरीसहितको असिना–पानीले नष्ट गरेको खाँडाचक्र नगरपालिका–२ का किसान अनिपाल विकले बताए । “मकैका हुर्किसकेका बिरुवा र उम्रिँदै गरेका बिरुवामा असर पु¥याएको छ”, उनले भने, “पुनः हामीले मकैबाली लगाउने तयारी गरेका छौँ ।”

किसानले लगाएको बेमौसमी तरकारी तथा अन्नबालीमा क्षति पुर्‍याएको र यसले किसान मारमा परेको सोही वडाका हजुरा विष्टले बताइन्। “मेलै एउटा खेत पूरै प्याज तथा अन्य बेमौसमी तरकारी खेती गरेको थिए”, उनले भने, “हावाहुरी, असिना पानीका कारणले दुई लाखभन्दा बढीको क्षति भएको छ ।” जिल्लाभर आएको हावाहुरी तथा असिना–पानीले स्याउखेतीमा पनि असर गरेको तिलागुफा नगरपालिका–१ का किसान राजबहादुर बुढाले बताए । “स्याउका बोटमा भर्खर चिचिला लाग्दै थिए, हावाहुरीसहित आएको असिना पानीले ती सबै चिचिलाहरू झारेको छ”, उनले भने ।

स्याउ उत्पादनका लागि यो मौसममा पानी पर्दा उपयुक्त हुने र हावाहुरी असिना पर्दा उत्पादनमा कमी आउने रास्कोट नगरपालिका–९ का नवराज रोकायाले बताए । कालीकोटका तिलागुफा नगर र रास्कोट नगर स्याउ–क्षेत्र हुन् । खाँडाचक्र नगरलाई तरकारी पकेट क्षेत्र र नरहरिनाथ गाउँपालिकालाई मकै पकेट क्षेत्रका रूपमा जिल्ला कृषि विकास कार्यालयले घोषणा गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.