भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सगरमाथा आरोही डा. भुसाललाई सम्मान

सगरमाथा आरोही डा. भुसाललाई सम्मान

काठमाडौँ, । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएकी डा. प्रिती भुसाललाई सम्मान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष तथा इञ्जीनियर दीपक कुँवरले वैशाख २९ गते बिहान सगरमाथाको सफल आरोहण गर्नुभएकी उहाँलाई सम्मान गर्नुभएकोे हो । डा. भुसाल सोही अस्पतालमा कार्यरत हुनुहुन्छ ।

अध्यक्ष कुँवर र कार्यकारी निर्देशक डा विनोद बिजुक्छेले नेपाली महिला चिकित्सकका तर्फबाट सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरी ग्राण्डी अस्पतालको समेत नाम राख्न सफल हुनुभएको भन्दै बधाई दिनुभयो । आरोही डा भुसालले कोभिड–१९ को लडाइँविरुद्ध अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालकको उच्च सम्मानका लागि आफूले सगरमाथा आरोहण गरेको बताउनुभयो ।

यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नाको विकल्प नरहेको सन्देश दिन र हिमालयन क्षेत्रमा बढ्दो प्रदूषण रोक्नुपर्ने सन्देश दिन पनि आफूले सगरमाथाको आरोहण गरेको उहाँको भनाइ थियोे । हिमालयन सेफ्हर्ड इको टुरिजममार्फत सगरमाथाको सफल आरोहण गर्नुभएकी डा भुसालले सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर लोपुचे हिमालको सफल आरोहण गर्नुभएको थियो । उहाँ सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला चिकित्सक हुनुहुन्छ ।

 


Thali Mobile Pvt.Ltd.