भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

हिजाब नलगाउने महिलाको लागि नयाँ फरमान

हिजाब नलगाउने महिलाको लागि नयाँ फरमान

काठमाडौं । सैन्य विद्रोह गरेर अफगानिस्तानमा शासन गरिरहेको तालिबानले हिजाब नलगाउने महिलाको लागि नयाँ फरमान अगाडि सारेको छ ।
अफगानिस्तानको बाल्ख प्रान्तमा पसलहरूलाई हिजाब नलगाएका महिलालाई कुनै पनि वस्तु बेच्न प्रतिबन्ध लगाइएको छ।

कुनै पसलले हिजाब नलगाउने महिलालाई कुनै वस्तु बिक्री गरेको पाइएमा कारवाही गरिने पनि जनाइएको छ ।

मजार(ए(शरीफ शहरको ब्लू मस्जिदको तर्फबाट यो आदेश जारी गरिएको हो।

अफगानिस्तानमा तालिबान सरकार आएसँगै महिलाहरुलाई हिजाब लगाउनमा कडाई गरिएको छ ।

दुई महिना अघि मात्र अफगानिस्तानमा हिजाब नलगाउने महिला जनावरसँग तुलना गरिएको थियो भने महिलालाई छोटो तथा टाइट लुगा लगाउनबाट पनि निषेध गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.