भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई टक्कर दिन भारतलाई साथ लिने रणनीतिमा अमेरिका

हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई टक्कर दिन भारतलाई साथ लिने रणनीतिमा अमेरिका

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगेका छन् । राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले मोदीलाई ह्वाइटहाउसमा स्वागत गरेका हुन । अमेरिकाको राजकीय भ्रमणमा रहको भारतीय प्रधानमन्त्रीसंग रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा केन्द्रीत हुने वार्ताले आगामी दशकका लागि रणनीतिक रोडम्याप तयार पार्ने विश्लेषण गरिएको छ । रक्षा र प्रविधि बाहेक विकास र ब्यापारमा साझेदारी पनि वार्ताको अर्को महत्वपूर्ण पक्ष हुने छ ।

हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई टक्कर दिन भारतलाई साथ लिने रणनीतिमा रहेको अमेरिकाले आफ्ना बहुराष्ट्रिय कम्पनीहरुलाई चीनबाट भारततर्फ सार्दै आएको छ । बाइडेन र मोदीबस्च हिबीबार ह्वाइटहाउसमा दुई पक्षीय वार्ताको कार्यक्रम रहेको छ । मोदीको स्वागतमा सवै कूटनीति प्रोटोकल खुला गरेको अमेरिकाले भारतसँगको बिहीबारको वार्तालाई शिखर सम्मेलन भनेको छ ।

मोदीले शुक्रबार अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले बिहीबार साँझ मोदीको सम्मानमा रात्रिभोज आयोजना गर्दैछन् । रात्रीभोजमा राजनीति, आर्थिक र रक्षा क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूलाई आमन्त्रण गरिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.