भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

काठमाडौंबाट हुने हवाई सरचार्ज अधिकतम ४४५ रुपैयाँले घट्यो

काठमाडौंबाट हुने हवाई सरचार्ज अधिकतम ४४५ रुपैयाँले घट्यो

काठमाडौं । वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाई इन्धन मूल्य घटाएसँगै हवाई वायुसेवा कम्पनील भाडा घटाएका हुन् । काठमाडौंबाट विभिन्न गन्तव्यमा हुँदै आएको नियमित उडानमध्ये धनगढी तर्फको हवाई सरचार्ज ४४५ रुपैयाँले घटेको हो। यसैगरी काठमाडौं–भरतपुर तर्फको सरचार्ज ११० रुपैयाँले घटेको छ ।

प्राधिकरणले दुर्गम क्षेत्रको भाडा दर पनि घटाएको छ । यसअघि प्रतिलिटर १६० रुपैयाँ रहेको हवाई इन्धन १० रुपैयाँले घटेर १५० रुपैयाँ कायम भएपछि इन्धन सरचार्ज घटेको हो । बुद्ध, यती, सौर्य, श्री, गुण, सीता, तारा, समिटलगायत वायुसेवा कमपनीले विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएका छन् । नेपाल नागरिक उड्न प्राधिकरणले पारित गरेको नयाँ मूल्यअन्तर्गत काठमाडौंबाट हुने हवाई सरचार्ज अधिकतम ४४५ रुपैयाँले घटेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.