भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

हिमपातका कारण विद्युत र सडक अवरुद्ध

हिमपातका कारण विद्युत र सडक अवरुद्ध

म्याग्दी । मुस्ताङमा भारी हिमपातका कारण सडक, विद्युत र हवाई सेवा अवरुद्ध भएको छ । हिमपातले गर्दा हिमाली जिल्ल्ला मुस्ताङ र म्याग्दीको जनजीवन अस्तव्यस्त बनेको हो । हिमपातका कारण सडकमा हिउँ जमेकाले बेनी–जोमसोम–कोरला सडक खण्डको लेतेदेखि माथिको खण्ड अवरुद्ध बनेको जनाइएको छ । मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको भएपछि म्याग्दीका पनि अधिकांश स्थानमा हिमपात भएकाले जनजीवन प्रभावित बनेको हो ।

हिमपात र हावाहुरीले बिजुलीको तार चुडाएपछि मुस्ताङमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । वर्षा र हिमपातका कारण जोमसोम विमानस्थलमा हवाइ उडान समेत अबरुद्ध बनेको जनाइएको छ । हिमपातले गर्दा सडक बन्द भएकाले म्याग्दीबाट मुस्ताङतर्फ गाडी जान सकेका छैनन् । सडकमा जमेको हिउँ पग्लिएपछि र मौसम खुलेपछि मात्रै यातायात सञ्चालन हुने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.