भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

हिमा नदीको पक्की पुल पक्की भन्ने कि कच्ची ?

हिमा नदीको पक्की पुल पक्की भन्ने कि कच्ची ?

जुम्ला । निर्माण नहुँदै पुल चर्किएपछि ठेकेदारप्रति प्रश्न उठेको छ । जुम्ला र कालीकोट जोड्ने हिमा नदीको सिंजाखोलामा बनिरहेको पुल चर्किएपछि ठेकेदार माथि नै प्रश्न उठेको हो । ठेक्का नम्बर ३ को यस पुल निर्माणका लागि सूर्य कन्ट्रक्सन फर्म प्रा.लि सुर्खेतले ठेक्का पाएको थियो । २०७४ साल कात्तिक ३० गते सम्झौता गरिएको पुलको निर्माणकार्य २०७५ साल चैत १४ गते सम्पन्न गरिसक्नुपर्ने थियो ।

सडक डिभिजन कार्यालयले पुल निर्माणका लागि तीन पटक म्याद थपिसके पनि निर्माण सम्पन्न भएको छैन् । ढलानसमेत गरिसकिएको पुल यही महिनादेखि सञ्चालनमा ल्याउने तयारी गर्दैगर्दा चर्किएपछि पुनः समस्या उत्पन्न झएको छ ।
पुलको डिजाइनमै समस्या भएपछि रिडिजाइन गर्नुपरेको थियो । अहिले पुलको काम रोकिएको छ ।

छिडेनाको पुलको भने निर्माणकार्य सम्पन्न भइसकेको छ । परीक्षणका क्रममा पुल चर्किएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । कालीकोटको छिडेना र सिंजा खोला जोड्ने पक्की पुल संयुक्त रुपमा १३ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । यस ठाउँमा लामो समयअघि निर्माण भएको बेलिब्रिज पुल पनि जीर्ण भइसकेको छ । जीर्ण बेलिब्रिज पुलबाट यात्रा गर्दा जोखिम भएको भन्दै चाँडै पुल निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।

 


Thali Mobile Pvt.Ltd.