भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ,

‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ,

पोखरा । कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाले समस्यामा परेका व्यक्तिको गर्जो टार्ने लायन्स क्लब अफ अभियानद्वारा शुरु गरिएको ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियानको सातौँ दिनसम्म एक हजार १०० भन्दा बढीले सेवा लिएका छन् ।

विपी चोकस्थित चिप्लेढुङ्गामा सञ्चालन भइरहेको खाद्य बैंकमा चामल, दाल, तेल, नुन, चनालगायत सामग्री छन् । अहिलेको विषम परिस्थितिले खाद्य समस्यामा परेका व्यक्ति, अलपत्र बटुवालगायतलाई लक्षित गरी अभियान शुरु गरिएको अभियानका संस्थापक अध्यक्ष विनोद ढुङ्गानाले जानकारी दिनुभयो ।

“हामीले जेठ १६ गतेदेखि अभियानमा शुरु गरेका हौँ, शनिबार सेवा बन्द रहन्छ, अहिलेसम्म एक हजार ११५ जनाले सेवा लिनुभएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार क्लबले राहत कोषमार्फत सङ्कलित रकमबाट शुरुमा रु २० हजारबाट सो अभियान शुरु गरेको हो ।

अहिले लायन्स क्लबका सदस्य एवम् गैरसदस्यले स्वतस्फूर्त सहयोग गर्दै आएका छन् । हालसम्म करीब रु चार लाखको राहत सामग्री वितरण भइसकेको उहाँले जानकारी दिनुभयो । बिहान ६ः०० देखि ९ः०० बजेसम्म सञ्चालन गरिएको सो अभियानमा दैनिक १३० देखि माथि १६५ सम्म खाद्य सामग्री लिन आउने गरेको अभियान कार्यक्रमका संयोजक मातृका पोखरेल जानकारी दिनुभयो ।

“हामी नाम टिपाउँछौँ, सकेसम्म दिनदिनका लागि भनेर सामान लैजान भन्छौँ, उहाँहरु आफ्नो परिवारको सदस्य सङ्ख्या र आवश्यक खाद्य सामग्री लिएर जाने गर्नुहुन्छ”, उहाँले भन्नुभयो । त्यसरी आउने केही व्यक्ति दैनिक दोहोरिने गरेको उहाँको भनाइ छ । पोखरेलका अनुसार यो अभियानलाई निरन्तर रुपमा निषेधाज्ञा जारी रहेसम्म पुनः सञ्चालन गरिने छ ।

 


Thali Mobile Pvt.Ltd.