हुम्लामा कैदीबन्दी विजोग

हुम्लामा कैदीबन्दी विजोग

हुम्ला । जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीको विजोग भएको छ । व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेपछि उनीहरुको विजोग भएको हो । कुनै सेवा सुविधा नपाएको कैदीबन्दीको गुनासो छ ।

सर्केगाड गाउँपालिका–६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट मङ्सिर १८ गते छ वर्ष कैद र रु दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । फैसला भएको करिब दुई महिना बितिसक्दा पनि उनलाई हालसम्म कारागार स्थानान्तरण गरिएको छैन ।

उनले भने, ‘जिल्ला कारागारको भवन अभावमा प्रहरीको हिरासतमा बस्नुपरेको छ, औषधोपचारका लागि पनि आफैँले आर्थिक खर्च गर्नुपर्ने, खेल्ने, सरसफाइदेखि अन्य सेवा सुविधा उपभोग गर्नसमेत पाएको छैन ।’

Mohotsav


Thali Mobile Pvt.Ltd.