घुस रकमसहित दुई जना पक्राउ

घुस रकमसहित दुई जना पक्राउ

महोत्तरी । जनकपुरको यातायात व्यवस्था कार्यालयबाट ३ लाख बराबरको घुस रकम सहित दुइ जना पक्राउ परेका छन् ।

कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महोत्तरीको टोलीले बताएको छ । अख्तियारको टोलीले दिएको जानकारी अनुसार कार्यालय सहयोगकी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराज बाट २ लाख २३ हजार ८ सय रकम र दलाल भगतबाट ५० हजार घुस रकम बरामद गरेको हो ।

बिचौलिया भगतले आफू ट्याक्टरको लाइसेन्सको लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरीलाई ५० हजार घुससहित पास गरिदिने सेवाग्राहीको नामावली बोकेर पुगेको टोलीलाई बयान दिएका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.