भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

होटल भवन भत्किँदा ८ जनाको मृत्यु, नौ जना हराए

होटल भवन भत्किँदा ८ जनाको मृत्यु, नौ जना हराए

चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा रहेको एक अस्पताल भवन भत्किँदा त्यसमा रहेका आठ जना नागरिकको ज्यान गएको छ ।सो भवन सोमबार अपरान्ह भत्किएको थियो । त्यसमा परेर आठ जनाको मृत्यु भएको छ भने अरु नौ जना हराइरहेका पनि बताइएको छ । जियान्सु प्रान्तका अधिकारीहरुले मंगलबार सो कुराको जानकारी दिएका पनि बताइएको छ ।

सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये ९ आठ जनाको निधन भएको छ भने अरु नौ जना अझै पनि भवनभित्रै च्यापिएका छन् । अरुको सकुशल उद्धार गरी निकालिएको थियो ।

त्यसमा च्यापिएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरुले काम गरिरहेका छन् । त्यसैगरी सो भवन के कति कारणले भत्किएको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको पनि प्रहरीले जानकारी दिएको छ ।

उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.