काठमाडाैं । ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायतका हत्याकाण्डहरूको अुनसन्धान गरी निचोडमा पुग्ने मङ्गलवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन उक्त कुरा बताएका हुन ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा बिजुलीको बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने विश्वास व्यक्त गर्दै भारत भ्रमणमा सीमा विवादको समाधान गर्न उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने जानकारी दिए ।
प्रधानमन्त्रीले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजी गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । उनले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निष्कर्षमा पुर्याउनुपर्ने र यसबारेका शङ्काहरूको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताए ।
