भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

मर्मी सन् २०३० सम्ममा आधाले घटाउने लक्ष्य जापानको लक्ष्य

मर्मी सन् २०३० सम्ममा आधाले घटाउने लक्ष्य जापानको लक्ष्य

काठमाण्डौ । गर्मीका कारण जापानमा एक हजार २ सय ९५ जनाको ज्यान जाने गएको छ । विगत पाँच वर्षमा वार्षिक औसत एक हजार २ सय ९५ जनाको ज्यान गएपछि सन् २०३० सम्ममा आधाले घटाउने लक्ष्य जापानले लिएको हो ।

कार्ययोजना अन्तर्गत सरकारले विशेषगरी वृद्धवृद्धाहरूलाई आवश्यक एयर कन्डिसनर प्रयोग तथा अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी प्रयोग गर्न आह्वान गर्ने योजना समावेश छ । जापानले बढ्दो गर्मीसँग जुध्न नयाँ कार्ययोजना लागू गरेको हो । मन्त्रिपरिषद्ले स्वीकृत गरेको नयाँ कार्ययोजनामा गर्मी स्ट्रोकसँग जुध्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने गरी कानुन परिमार्जन गरिएको जनाएको छ ।

सरकारले विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न र बालबालिकालाई स्कुल बसमा आवश्यक मापदण्ड नपुगी यसै नछोड्न पनि विभिन्न कार्यक्रम लागू गर्ने र त्यसमा सरकारले सहयोग गर्ने उल्लेख छ ।

विगत पाँच वर्षमा गर्मीका कारण हुने मृत्युमध्ये ८० प्रतिशतभन्दा धेरै ६५ वर्ष माथीको उमेर समूहका व्यक्तिहरू हुने गरेको पाइएको छ । घरभित्रै ज्यान गुमाएकामध्ये ९० प्रतिशतले एयर कन्डिसनर प्रयोग नगरेको वा घरमा वातानुकूलनको व्यवस्था नभएको पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.