भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

मर्मी सन् २०३० सम्ममा आधाले घटाउने लक्ष्य जापानको लक्ष्य

मर्मी सन् २०३० सम्ममा आधाले घटाउने लक्ष्य जापानको लक्ष्य

काठमाण्डौ । गर्मीका कारण जापानमा एक हजार २ सय ९५ जनाको ज्यान जाने गएको छ । विगत पाँच वर्षमा वार्षिक औसत एक हजार २ सय ९५ जनाको ज्यान गएपछि सन् २०३० सम्ममा आधाले घटाउने लक्ष्य जापानले लिएको हो ।

कार्ययोजना अन्तर्गत सरकारले विशेषगरी वृद्धवृद्धाहरूलाई आवश्यक एयर कन्डिसनर प्रयोग तथा अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी प्रयोग गर्न आह्वान गर्ने योजना समावेश छ । जापानले बढ्दो गर्मीसँग जुध्न नयाँ कार्ययोजना लागू गरेको हो । मन्त्रिपरिषद्ले स्वीकृत गरेको नयाँ कार्ययोजनामा गर्मी स्ट्रोकसँग जुध्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने गरी कानुन परिमार्जन गरिएको जनाएको छ ।

सरकारले विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न र बालबालिकालाई स्कुल बसमा आवश्यक मापदण्ड नपुगी यसै नछोड्न पनि विभिन्न कार्यक्रम लागू गर्ने र त्यसमा सरकारले सहयोग गर्ने उल्लेख छ ।

विगत पाँच वर्षमा गर्मीका कारण हुने मृत्युमध्ये ८० प्रतिशतभन्दा धेरै ६५ वर्ष माथीको उमेर समूहका व्यक्तिहरू हुने गरेको पाइएको छ । घरभित्रै ज्यान गुमाएकामध्ये ९० प्रतिशतले एयर कन्डिसनर प्रयोग नगरेको वा घरमा वातानुकूलनको व्यवस्था नभएको पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.