भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

२० बस्ती स्थानान्तरण गर्न माग

२० बस्ती स्थानान्तरण गर्न माग

म्याग्दी । मालिका गाउँपालिका पहिरोको जोखिममा रहेका २० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ । पालिका स्तरीय विपद् व्यवस्थापन समितिले जोखिममा परेका ति बस्तीको पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र सङ्घीय सरकार समक्ष स्थानान्तरणका लागि सिफारिस गरेको हो ।

गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक, रेडक्रसकर्मी र सुरक्षाकर्मीको संयुक्त टोलीले पहिरो, कटान र बाढीले क्षति पु¥याएका बस्तीको स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पारेको प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले जानकारी दिए । जमिन धाजा फाटेर चिरा परेका र पहिरो नजिकै भएका बस्तीमा रहेका घरलाई थप क्षति हुन नदिन तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गरिएको उनले बताए ।

मालिका–५ जुग्जामा पूर्ण क्षति भएका २० घर र आंशिक क्षति भएका २९ घर, सोही वडाको तल्लो भेगका १० घर, घरथोकको तल्लो भेगका ४ घर, ओखलढुङ्गाको १३ घर, मगरदाङको तल्लो भेगका ५ घर, पन्थोकको ११ घर तथा न्याबोटका दुई घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ ।

मालिका– ७ बिमका पूर्ण क्षति भएका ३४ घर र आंशिक क्षति भएका १७ घर तथा बिमको नौरुङ, कुटवाङ, नराले, ओखरढुङ्गा, नौमाने, काउरा, बन्सार, गौरीखेत र अर्कलाका झण्डै ८० परिवारलाई स्थानान्तरण गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । गत असार २५ र २६ गतेको पहिरोले बिममा ८ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.