भर्खरै : Sorry, your browser does not support inline SVG.

७ वर्षकी बालिकालाई बलात्कार गर्न खाेज्ने ७६ वर्षका वृद्ध पक्राउ

७ वर्षकी बालिकालाई बलात्कार गर्न खाेज्ने ७६ वर्षका वृद्ध पक्राउ

जनकपुरधाम । तिरहुत गाउँपालिका–५ लोहजारामा ७ वर्षकी बालिकालाई ७६ वर्षका लक्ष्मी महतोले बलात्कार प्रयास गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई घरमा बोलाएर दूधभात खान दिएर उनले बलात्कारको प्रयास गरेको डीएसपी नरेश सिंहले बताए । वडा अध्यक्ष रमानन्द चौधरीले महतोले बालिकालाई घरमा बोलाएर दूध भात खान दिई उनको कपडा खोलेको बताए ।

बालिका चिच्याउन थाल्दा स्थानीयहरु गएर बालिकाको उद्धार गरेको उनले बताए । महतोले ५ बर्षअघि पनि गाउँकी एक बालिकासँग यस्तै किसिमको यौन दुव्र्यबहार गरेको बताईएको छ ।

 


Thali Mobile Pvt.Ltd.