भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

७ सय ४९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक, अब ४ पालिकाको मात्रै बाँकी

७ सय ४९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक, अब ४ पालिकाको मात्रै बाँकी

काठमाण्डौ । स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक हुन अव ४ वटा पालिकाको मात्रै बाँकी रहेको छ । देशभरका ७ सय ४९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।
७ सय ५३ पालिकामध्ये अहिलेसम्म कांग्रेसले तीन सय २७ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ ।

एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, नेकपा एकीकृत समाजवादीले २० र लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिकाको प्रमुख पद जितेका छन् । उदयपुरको त्रियुगा नगरपालिकामा एकीकृत समाजवादीका बलदेव चौधरी ७ सय ४४ मतका साथ अगाडि छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वसन्तकुमार बस्नेतले ३ सय ३४ र एमालेका भागवत राउतले २ सय ११ मत प्राप्त गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका रामकृष्ण खाँण र एमालेका मोहन चापागाईंबीच प्रतिस्पर्धा भइरहेको छ । खाँणले १६ हजार ८ सय ३६ मत प्राप्त गर्दा चापागाईंले १५ हजार ८ सय ३३ मतका साथ पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवारले १२ वटा प्रमुख पद जितिसकेका छन् । काठमाण्डौ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जित निश्चित छ । बाँकी पालिकामा अरु साना दल प्रमुखमा विजयी भएका छन् । काठमाण्डौ महानगरसहित उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगाको अन्तिम नतिजा आउन बाँकी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.