काठमाडौं । अन्तर्राष्ट्रिय ब्यापार पहिलोपटक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३५ प्रतिशतभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्व आर्थिक मन्दीले सताएको वर्ष २०६७ र ६८ पछि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३५ प्रतिशतभन्दा तल झरेको हो ।
गत आर्थिक वर्ष मुलुकको अन्तर्राष्ट्रिय ब्यापार ९ वर्षयताकै कमजोर देखिएको छ तथ्यांकले देखाएको छ । व्यापार घट्दा रोजगारी, राजस्व र उपभोगमात्र होइन मुलुकको आर्थिक वृद्धिलाई समेत असर पर्ने विज्ञहरुको तर्क छ । कारोना महामारीका कारण गत आर्थिक वर्षको ५ महिना अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको र अहिले पनि यो समस्या ज्यूँका त्यूँ रहेको विज्ञहरुको भनाई छ ।
अन्तर्राष्ट्रिय ब्यापार गत वर्ष जीडीपीको ३४.४ प्रतिशतमा झरेको थियो । यो २०५० सालपछि तेस्रो न्यूनतम विन्दु समेत मानिएको छ । अघिल्लो वर्ष अन्तर्राष्ट्रिय ब्यापार ४३.८ प्रतिशतको कीर्तिमानी उचाइमा पुगेको थियो भने यसरी व्यापार घट्दा समग्र आर्थिक गतिविधिमा नै असर पर्ने ज्ञिहरुको भनाई छ ।
आयात गर्नुपर्ने सामान नेपालमै उत्पादन गरेर आयात घटेको भए अर्थतन्त्रलाई फाइदा पुग्ने भएपनि अहिले उद्योग नचलाउने, सपिङ नगर्ने, घरबाट बाहिर ननिस्कने गरेर आयात घटेको देखिएको विज्ञहरुको कथन छ ।
