भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

वीरगञ्जमा कोरोना संक्रमण पुष्टि भएको पाँच घण्टामै महिलाको मृत्युु

वीरगञ्जमा कोरोना संक्रमण पुष्टि भएको पाँच घण्टामै महिलाको मृत्युु

पर्सा । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको ज्यान गएको छ ।  उपचारकै क्रममा वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया एक महिलाका ज्यान गएको हो । महिलाको ज्यान गएसगै वीरगञ्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ ।

शुक्रबार दिउँसो २ बजे श्वासप्रश्वासमा समस्या भएपछि नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको जनाइएको छ ।

वीरगञ्जका दुई वटा कोभिड अस्पतालमा ३९ जना महिलासहित १३१ जना उपचाररत छन् । ३३ जना आईसियुमा छन् । उपचारको क्रममा शुक्रबार साँझ साढे ७ बजेतिर उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

वीरगञ्जमा मृत्यु भएका ४६ मध्ये ३४ जना पर्साका, १० जना बाराका र रौतहटका २ जना रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.