भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

अजरबैजानबाट अमेरिका जान लागेका २८ नेपाली पक्राउ

अजरबैजानबाट अमेरिका जान लागेका २८ नेपाली पक्राउ

काठमाडौं । अजरबैजानबाट अबैध रुपमा अमेरिका जानलागेका नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रूपमा अमेरिका जान लागेका २८ जना नेपालीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालीहरूलाई फर्काउने विषयमा शुक्रबारै पहल गरिएको अजरबैजानका लागि गैरआवासीय राजदूताबासले जनाएको छ ।

नेपाली दूतावास दिल्लीबाट मस्कोमा रहेको नेपाली दूतावासलाई त्यसबारेमा जानकारी गराएपछि नेपालीहरूको उद्धारका लागि गृहकार्य गरेको हो । नेपालीहरू छिट्टै सुरक्षित रूपमा घर फर्कन जनाएको छ ।

अजरबैजानमा सीमापार गर्न खोज्दा केही नेपाली नागरिक समातिएको र उनीहरू सुरक्षाकर्मीको नियन्त्रणमा रहेको नयाँदिल्लीस्थित अजरबैजानको दूतावासले दिल्लीमै रहेको नेपाली दूतावासलाई जानकारी दिएको थियो । १० लाख रुपैयाँ लिएर झुक्याएर पैसा उठाउँदै विदेश लान खोजेको सूचना दूतावासलाई प्राप्त भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.