भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अझै भेटिनुभएन पहिरामा बेपत्ता युवक

अझै भेटिनुभएन पहिरामा बेपत्ता युवक

बागलुङ । एक साताअघि घरमाथिबाट आएको लेदोसहितको पहिरामा परी बेपत्ता हुनुभएका ताराखोला गाउँपालिका–३ का १८ वर्षीय राजेन्द्र कार्कीको स्थिति अझै अज्ञात छ । पहिराबाट बाख्राको खोर जोगाउन खोज्दा कार्की यही असार २२ गते रातिदेखि बेपत्ता हुनुभएको हो । खोजीकार्य जारी रहे पनि उहाँको अवस्था पत्ता नलागेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक लक्ष्मण न्यौपानेले बताए ।

कार्कीलाई पहिराले बगाएर स्थानीय दरमखोलामा पु¥याएको हुनसक्ने प्रहरी आशङ्का छ । गलकोट नगरपालिका हुँदै बडिगाड खोलासम्म पुगेर प्रहरीले बेपत्ता कार्कीको खोजी गरिरहेको छ । पहिरामा परी घाइते हुनुभएका कार्कीका बुवा र भाइ भने पोखरामा उपचारपछि घर पर्केको प्रनानि न्यौपानेले जानकारी दिनुभयो । पहिरामा परी त्यस घरका २७ बाख्रा मरेका थिए । घरमा बस्न जोखिम भएपछि कार्की परिवार अहिले आफन्तकहाँ आश्रित छ ।

 


Thali Mobile Pvt.Ltd.