भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अपाङ्गता एवं विपन्न सात परिवारलाई सहयोग

अपाङ्गता एवं विपन्न सात परिवारलाई सहयोग

गण्डकी । लायन्स क्लव अफ पोखरा राइजिङ स्टारको चौथो स्थापना दिवसका अवसरमा पोखराका विभिन्न स्थानका अपाङ्गता एवं विपन्न सात परिवारलाई राहत वितरण गरिएको छ । कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले जारी गरेको निषेधाज्ञाका कारण रोजगारी गुमेकाको चुल्हो निभ्न बाल्न आज रु एक लाख बराबरको राहत वितरण भएको हो ।

सो अवसरमा पोखरा–१७, रातोपैह्राका १८ वर्षीय अपाङ्ता भएका पूर्ण थापामगरलाई विस्तारासहित लत्ता कपडा र सरसफाइका सामग्री, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोरोना संक्रमित भई उपचारत २१ दिने शिशुको परिवारलाई रु।२० हजार आर्थिक सहयोग गरेको क्लवका प्रचार प्रसार संयोजक राजु सुनारले जानकारी दिए।

यसैगरी रातोपैह्राका १६ वर्षीय अपाङग सुजन नेपाली, पोखरा १० का कालु गुरुङ, सुमित्रा तापाङ, लामाचौर, चिप्लेढुङ्घा र न्युरोडका अपाङ्गता भएका एवं विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको उहाँले बताउनुभयो । कार्यक्रममा क्लवका अध्यक्ष चोकबहादुर गुरुङ र प्रथम उपाध्यक्ष टंक ढकालले सेवामा समर्पित लायन्सले असहाय एवं विपन्न परिवारलाई आवश्यकतानुसार सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

फाउण्डेसनद्धारा साढे चार लाखको राहत बहिनी एडुकेयर फाउन्डेसनले पोखरा–१७ रातोपैह्राका अपाङ्गता भएका १८ वर्षीय पूर्ण थापामगरलाई दश हजार मूल्य बराबरको विभिन्न सामग्री उपलव्ध गराएको छ । सेतीनदीको तिरको जस्ताको छाना भएको एउटा कोठामा बस्न बाध्य रोग भन्दा पनि भोकसँग लड्दै आएको अपाङ्गता भएका थापामगरसहित सात जनाको परिवारलाई सहयोग गरिएको संस्थाका अध्यक्ष तथा कार्यकारी प्रमुख सुरेन्द्र परियारले जानकारी दिए ।

उहाँका अनुसार पोखरा महानगरपालिका–१३ का गरिव, विपन्न तथा असहाय ७० घरपरिवारका २७५ जनालाई एक लाख ७५ हजार र पोखरा २३ का १०० घरपरिवारलाई दुई लाख ५० हजार मूल्य बरावरको खाद्यान्न सामग्री वितरण भएको हो । पोखराको मालेपाटनमा कार्यालय रहेको बहिनी संस्थाले एकल महिला तथा आश्रित परिवारलाई शिक्षा, स्वास्थ्य, परामर्श, जिविकोपार्जनलगायतमा सहयोग गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.