भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अफगानिस्तानमा खाद्यान्न अभाव हुँदै

अफगानिस्तानमा खाद्यान्न अभाव हुँदै

काठमाडौं । अफगानिस्तानमा खाद्यान्नको मूल्य दिन प्रतिदिन बढ्दै गएपछि खाद्यान्न संकट समेत हुन थालेको छ । तालिवानले सत्ता हत्याएपछि अफगानिस्तानका जनताले महंगीको मार खेप्नु परेको जनाइएको छ । राजधानी काबुललगायत अन्य शहरहरुमा खाद्यान्न किन्नेको भीड लाग्ने गरेको छ । पेट्रोलियम पदार्थको मुल्य बृद्धी भएपछि यातायात व्यावसायीहरुले पनि भाउ बढाउनु पर्ने माग गर्दै आएका छन ।

अफगानिस्तानमा राष्ट्रिय परिचय पत्रको आधारमा खाद्यान्नमा छुट दिइने गरेकोमा तालिवानले सो नियम पनि खारेज गर्ने तयारी गरेकोले त्यहाँका जनतामा असन्तुष्टी बढेको छ । खाद्यान्नमा ३० प्रतिशत र तरकारीको ५० प्रतिशतले मूल्य वृद्धि भएको छ । पेट्रोलियम पदार्थमा पनि २० प्रतिशतले वृद्धि गरिएपछि अफगानी जनता थप मारमा परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.