भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अफगानिस्तानमा खाद्यान्न अभाव हुँदै

अफगानिस्तानमा खाद्यान्न अभाव हुँदै

काठमाडौं । अफगानिस्तानमा खाद्यान्नको मूल्य दिन प्रतिदिन बढ्दै गएपछि खाद्यान्न संकट समेत हुन थालेको छ । तालिवानले सत्ता हत्याएपछि अफगानिस्तानका जनताले महंगीको मार खेप्नु परेको जनाइएको छ । राजधानी काबुललगायत अन्य शहरहरुमा खाद्यान्न किन्नेको भीड लाग्ने गरेको छ । पेट्रोलियम पदार्थको मुल्य बृद्धी भएपछि यातायात व्यावसायीहरुले पनि भाउ बढाउनु पर्ने माग गर्दै आएका छन ।

अफगानिस्तानमा राष्ट्रिय परिचय पत्रको आधारमा खाद्यान्नमा छुट दिइने गरेकोमा तालिवानले सो नियम पनि खारेज गर्ने तयारी गरेकोले त्यहाँका जनतामा असन्तुष्टी बढेको छ । खाद्यान्नमा ३० प्रतिशत र तरकारीको ५० प्रतिशतले मूल्य वृद्धि भएको छ । पेट्रोलियम पदार्थमा पनि २० प्रतिशतले वृद्धि गरिएपछि अफगानी जनता थप मारमा परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.