भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अफगानिस्तानमा भएको आक्रमणमा आइएसको हात

अफगानिस्तानमा भएको आक्रमणमा आइएसको हात

काबुल, । अफगानिस्तानमा दुई दिनअघि भएको हिंसात्मक आक्रमणमा आइएसको हात रहेका बताइएको छ । तालिबानको सेनाले काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान जाने गरी भएको हमलामा आइएसको हात रहेको बताएको हो । अफगानिस्तानका विद्रोही तालिबानहरुले गत महिना विद्रोह गरेर शासन हत्याएपछि गत शुक्रबार सबैभन्दा हिंसात्मक हमला भएको थियो ।  एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेको थियो ।

उक्त आत्मघाती हमलामा परी कम्तीमा ५० जना मारिएका अधिकारीहरूले बताएका छन् । अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।यहाँको एक मस्जिदमा गरिएको सो हमलामा परी मारिएकामा अल्पसंख्यक सिया समुदायका नागरिक रहेका बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन ।
तर यहाँको सत्ता तालिबानले लिएपछि यस अघि पनि इस्लामिक स्टेटले कतिपय स्थानमा आइएसले हमला गरी नागरिकको हत्या गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.