भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

ब्राजिलमा फेरि बढ्यो कोरोनाको सङ्क्रमण, एकै दिन १८२ जनाको मृत्यु

ब्राजिलमा फेरि बढ्यो कोरोनाको सङ्क्रमण, एकै दिन १८२ जनाको मृत्यु

साओ पाओलो । ब्राजिलमा पछिल्ला समयमा कोभिड–१९ को संक्रमण झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा मात्र १८२ जनाको ज्यान गएको छ । धेरै लामो समयपछि यहाँ एकै दिनमा यतिधेरै नागरिकको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । अधिकारीहरुका अनुसार यहाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख १ हजार ११ जना पुगेको छ ।

यहाँ गत वर्ष एकै दिनमा दुई हजारभन्दा बढीको पनि ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए । तर पछिल्लो वर्ष यहाँ कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घटेको थियो । यहाँ आइतबार मात्र अघिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १८२ जनाको ज्यान गएको थियो । त्यसैगरी गएको २४ घन्टामा यहाँ योसँगै ब्राजिलमा कोरोना भाइरसको प्रकोपबाट संक्रमित हुनेहरुको संख्या ८ हजार ६८७ जना रहेको थियो । यो सँगै यो भाइरसबाट सङ्क्रमित हुनेहरु यहाँ २ करोड १५ लाख नाघेको बताइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ ।  त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि केही हप्ता यतादेखि बढ्न थालेको देखिएकोछ । यहाँको साओ पाओलो शहर सुरुदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुमा नै रही आएको छ । ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ ।

 


Thali Mobile Pvt.Ltd.