भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमारेकाे तुरतुरे खानेपानी

अमारेकाे तुरतुरे खानेपानी

२६ साउन २०७७ काठमाडौं । बन्दाबन्दीको समयमा पनि सुनकोशी गाउँपालिका वडा नं ६ अमारेमा तुरतुरे खानेपानी आयोजना तथा न्यौपानेटारमा निगौली ओडारे खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएका छन् ।

ती खानेपानी आयोजनामार्फत् अमारे र न्यौपानेटारका घरहरुमा ५९ धारा निर्माण भई चारसय तेइस जना लाभान्वित भएका छन् । अमारेका ३९ घरमा धारा निर्माण भई १४५ पुरुष १३६ महिला गरि जम्मा २८१ जना र न्यौपानेटारका २० घरमा धारा निर्माण पश्चात ७२ पुरुष र ७० महिला गरि जम्मा १४२ जना प्रत्यक्षरुपमा सुरक्षित खानेपानीबाट लाभान्वित भएका हुन् ।

नेपाल रेडक्रसको आव्हानमा स्थानीय सुनकोशी गाउँपालिका र स्थानीय बासिन्दाको सहयोग र सहभागितमा सम्पन्न भएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । रेडक्रसको ७० प्रतिशत र स्थानीय पालिका तथा स्थानीयको ३० प्रतिशत लगानी निर्माण सम्पन्न भएको हो ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ र सुनकोशी गाउँपालिका सिन्धुलीको आर्थिक साझेदारीमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको पहलमा तुरतुरे खानेपानी आयोजना निर्माण गर्न रेडक्रसको २१ लाख ६० हजार ८ सय ९३ रुपया, सुनकोशी गाउँपालिकाको ७ लाख ९५ हजार ५०८ र समुदायको १ लाख २० हजार ४ सय ६८ गरि जम्मा ३० लाख ७६ हजार ८ सय ७० रुपयमा उक्त खानेपानी निर्माण सम्पन्न भएको नेरेसो सिनधुली शाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.