भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

अमारेकाे तुरतुरे खानेपानी

अमारेकाे तुरतुरे खानेपानी

२६ साउन २०७७ काठमाडौं । बन्दाबन्दीको समयमा पनि सुनकोशी गाउँपालिका वडा नं ६ अमारेमा तुरतुरे खानेपानी आयोजना तथा न्यौपानेटारमा निगौली ओडारे खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएका छन् ।

ती खानेपानी आयोजनामार्फत् अमारे र न्यौपानेटारका घरहरुमा ५९ धारा निर्माण भई चारसय तेइस जना लाभान्वित भएका छन् । अमारेका ३९ घरमा धारा निर्माण भई १४५ पुरुष १३६ महिला गरि जम्मा २८१ जना र न्यौपानेटारका २० घरमा धारा निर्माण पश्चात ७२ पुरुष र ७० महिला गरि जम्मा १४२ जना प्रत्यक्षरुपमा सुरक्षित खानेपानीबाट लाभान्वित भएका हुन् ।

नेपाल रेडक्रसको आव्हानमा स्थानीय सुनकोशी गाउँपालिका र स्थानीय बासिन्दाको सहयोग र सहभागितमा सम्पन्न भएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । रेडक्रसको ७० प्रतिशत र स्थानीय पालिका तथा स्थानीयको ३० प्रतिशत लगानी निर्माण सम्पन्न भएको हो ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ र सुनकोशी गाउँपालिका सिन्धुलीको आर्थिक साझेदारीमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको पहलमा तुरतुरे खानेपानी आयोजना निर्माण गर्न रेडक्रसको २१ लाख ६० हजार ८ सय ९३ रुपया, सुनकोशी गाउँपालिकाको ७ लाख ९५ हजार ५०८ र समुदायको १ लाख २० हजार ४ सय ६८ गरि जम्मा ३० लाख ७६ हजार ८ सय ७० रुपयमा उक्त खानेपानी निर्माण सम्पन्न भएको नेरेसो सिनधुली शाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.