२५ साउन २०७७ जुम्ला । नेत्रविक्रम चन्द विप्लव नेतृन्व नेकपाका तीन कार्यकर्तालाई प्रहरीले गिरफतार गरेको छ ।
प्रहरीले तिला गाउँपालिका–७ जुम्ला घोडेसिन गाउँबाट शनिबार बेलुका १५ वर्षीय किशोरीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घोडेसिनमा चन्दा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरेको जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।
पक्राउ पर्नेमा हिमा गाउँपालिकाका–७ जुम्ला पातरखोलाका १५ वर्षीया सपना बुढा, सोही वडाका २९ वर्षीय नन्दबहादुर तिरुवा र सोरु गाउँपालिका–६ मुगु निवासी २९ वर्षीय जबहादुर भामी रहेका छन् । किशोरी सपनाको मुद्दा प्रक्रियाका विषयमा अधिवक्ताको सल्लाह लिएर अनुसन्धान अगाडि बढाइने धामीले बताए ।
