भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१५ वर्षकी एक किशोरीसहित नेकपा तीन जना पक्राउ

१५ वर्षकी एक किशोरीसहित नेकपा तीन जना पक्राउ

२५ साउन २०७७ जुम्ला । नेत्रविक्रम चन्द विप्लव नेतृन्व नेकपाका तीन कार्यकर्तालाई प्रहरीले गिरफतार गरेको छ ।

प्रहरीले तिला गाउँपालिका–७ जुम्ला घोडेसिन गाउँबाट शनिबार बेलुका १५ वर्षीय किशोरीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घोडेसिनमा चन्दा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरेको जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

पक्राउ पर्नेमा हिमा गाउँपालिकाका–७ जुम्ला पातरखोलाका १५ वर्षीया सपना बुढा, सोही वडाका २९ वर्षीय नन्दबहादुर तिरुवा र सोरु गाउँपालिका–६ मुगु निवासी २९ वर्षीय जबहादुर भामी रहेका छन् । किशोरी सपनाको मुद्दा प्रक्रियाका विषयमा अधिवक्ताको सल्लाह लिएर अनुसन्धान अगाडि बढाइने धामीले बताए ।

 


Thali Mobile Pvt.Ltd.