भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

अमेरिकी चुनावको मुद्दा जलवायु परिवर्तन

अमेरिकी चुनावको मुद्दा जलवायु परिवर्तन

काठमाडौं ।  २०२० अमेरिकाको पश्चिमी कोष्टमा लागेको वन डढेलोले ५० लाख एकड जमिन जलेर ध्वस्त पारेको छ ।  डडेलोमा परि ३५ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकी राष्ट्रपति चुनाव अभियानमा जलवायु परिवर्तनको मुद्दाले प्राथमिकता पाएको छ । अमेरिकामा सबैको ध्यान जलवायु परिवर्तनतर्फ केन्द्रित भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

हप्तौँ अगाडिदेखिको आगलागीले क्षतिग्रस्त बनेको क्यालिफोर्निया पुगेका राष्ट्रप्रति ट्रम्पले, सबै वैज्ञानिक तथ्य अस्वीकार गर्दै, “तापमान बिस्तारै आफैँ घटेर चिसो बढ्दै जाने” भनेपछि उनी पुनः विवादमा आएका छन् । उनले यसअघि पनि थुप्रैपटक आफूले जलवायु परिवर्तन लगायत मान्छेद्वारा सिर्जित वातावरणीय विनाशका कुरामा विश्वास नगर्ने बताइसकेका छन् । क्यालिफोर्निया पुगेर हालैमा दिएको बयानमा उनले उक्त डढेलो वनको उचित व्यवस्थापन नगरिएकाले भएको बताएका हुन् ।

 

 


Thali Mobile Pvt.Ltd.