भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अमेरिकी विदेश मन्त्री ब्लिन्केन इजिप्ट प्रस्थान

अमेरिकी विदेश मन्त्री ब्लिन्केन इजिप्ट प्रस्थान

जेरुसेलम । संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वका देशहरुको भ्रमणको सिलसिलामा इजिप्टतर्फ प्रस्थान गर्नु भएको छ । प्यालेस्टाइन र इजरायलको भ्रमणपछि उहाँ इजिप्ट र जोर्डनको भ्रमण गर्न लाग्नु भएको हो । इजरायल र हमास विद्रोही समूहबीच ११ दिने युद्धपश्चात् भएको युद्धबिरामलाई स्थायित्व दिने प्रयास स्वरुप विदेश मन्त्री ब्लिन्केन इजरायल, प्यालेस्टाइन, इजिप्ट र जोर्डनको भ्रमण गर्नु भएको हो ।

इजिप्टको कायरोतर्फ प्रस्थान गर्नुअघि विदेश मन्त्री ब्लिन्केनले बुधबार इजरायली अधिकारीहरुसँग भेटवार्ता गर्नु भएको थियो । युद्धबाट जर्जर भएको गाजा क्षेत्रको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता जुटाउन अमेरिकाले सम्पूर्ण प्रयास गर्ने मन्त्री ब्लिन्केनले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । तर उहाँले अमेरिकी अग्रसरतामा उपलब्ध हुने सहायता हमास समूहलाई उपलब्ध नहुने स्पष्ट गर्नु भएको छ ।

कायरो प्रस्थान गर्नुअघि ब्लिन्केनले इजरायली राष्ट्रपति रुभेन रिभलिनलाई आगामी हप्ताहरुमा अमेरिका भ्रमणका लागि राष्ट्रपति बाइडेनले गर्नुभएको आमन्त्रण पत्र हस्तान्तरण गर्नु भएको थियो । रिभलिनको कार्यालयका अनुसार राष्ट्रपति रुभिन रिभलिनले बाइडेनको आमन्त्रणलाई स्वीकार गर्नु भएको छ । ब्लिन्केनले इजिप्ट र जोर्डनले यस क्षेत्रमै शान्ति ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । अमेरिकी गठबन्धनका यी दुई मुलुकहरुले इजरायलसँग शान्ति सम्झौता गरिसकेका छन् । दुबै मुलुकले इजरायल र प्यालेस्टिनी नागरिकबीच उत्पन्न हुने संकटका अवस्थामा मध्यस्थता गर्दै आएका छन् ।

विदेश मन्त्री ब्लिन्केनले मङ्गलबार पत्रकारहरुसँग कुरा गर्दै युद्धबिराम गराउन इजिप्टले अति महत्वपूर्ण भूमिका निर्वाह गरेको र जोर्डनले क्षेत्रीय शान्ति एवं स्थायित्वका लागि निरन्तर आवाज उठाउने गरेको बताउनुभयो । इजरायल र गाजासँग सीमा जोडिएको इजिप्टमा विदेश मन्त्री ब्लिन्केनले राष्ट्रपति अब्देल फताह अल–सिसि र अन्य वरिष्ट अधिकारीहरुसँग भेटघाट गर्नु हुनेछ । ब्लिन्केनले इजरायल र हमासबीच युद्धबिरामका लागि मद्दत गर्न फोन समेत गर्नु भएको थियो । विदेश मन्त्रीका रुपमा ब्लिन्केनको यो मध्यपूर्वको पहिलो औपचारिक भ्रमण हो । मङ्गलबार इजरायली र प्यालेस्टिनी अधिकारीसँग भएका भेटवार्तामा विदेश मन्त्री ब्लिन्केनले दुबै पक्षबीच वार्ता गराउन वातावरण तयार गर्ने विश्वास दिलाउनु भएको थियो ।

ब्लिन्केनले प्यालेस्टिनीका लागि चार करोड अमेरिकी डलरको सहायता उपलब्ध गराउने घोषणा गर्नु भएको थियो । यो सहित बाइडेन प्रशासनले प्यालेस्टाइनका लागि करिब ३६ करोड डलरको सहायता उपलब्ध गराउने छ । विगतमा ट्रम्प प्रशासनले उक्त सहायता रोक्का गरिदिएको थियो । पश्चिम किरानाको रमाल्लाहमा प्यालेस्टाइन अथरिटीका राष्ट्रपति महमुद अब्बाससँगको भेटवार्तामा विदेश मन्त्री ब्लिन्केनले प्यालेस्टिनी जनताको पक्षमा अमेरिका उभिइरहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.