भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सिरियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु

सिरियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु

सिन्ह्वा ।सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ । सिरियाली अधिकारीहरुले बुधबार यहाँको राष्ट्रपति पदका लागि शुरु भएको निर्वाचनमा मतदान भइरहेको बताएका छन् । समाचारमा जनाइएअनुसार यहाँ सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रमा मात्र मतदान भइरहेको बताएका छन् । खासगरी सिरियाको राजधानी र सरकारको नियन्न्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचन प्रक्रिया शुरु भएको बताइएको छ । ब्ुाधबार बिहानबाट शुरु भएको मतदान प्रक्रिया आज साँझसम्म नै जारी रहने बताइएको छ । सिरियाको सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचनको मतदान भएको छ ।

सिरियाका आन्तरिक मामिला सम्बन्धी मन्त्री मोहमद अल रहमाउनले मंगलबार सिरियामा देशभरमा गरेर १२ हजार ओटा मतदान केन्द्रहरु स्थापना गरिएको जानकरी दिनुभएको थियो । उहाँले मंगलबार पत्रकार सम्मेलन गरेर बुधबार हुने मतदानको शान्ति सुरक्षाको पनि व्यवस्था मिलाइएको जानकारी दिनुभएको थियो । उहाँले मतदानको कामलाई सुरक्षित रुपमा सम्पन्न गर्ने गरी तयारी भएको जानकारी पनि त्यस अवसरमा दिनुभएको थियो ।

सिरियाका वर्तमान राष्ट्रपति बसार अल असदसहित यहाँका तीन जनाले राष्ट्रपति पदमा उम्मेदावारी दिएका छन् । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो । सिरियाका राष्ट्रपति असार अल असदका विरुद्धमा आन्दोलन चर्किएको थियो र जारी आन्दोलनमा भएका हिंसामा यहाँका ४ लाख भन्दा पनि बढी मानिसको ज्यान गएको छ ।

 


Thali Mobile Pvt.Ltd.