भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

पाकिस्तान सेमिफाइनल पुग्ने सम्भावना बलियो

पाकिस्तान सेमिफाइनल पुग्ने सम्भावना बलियो

काठमाडौं । पाकिस्तानले आईसीसी टी–२० विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ । बाबर आजमको अर्धशतक र आसिफ अलीको विष्फोटक ब्याटिङमा पाकिस्तानले तेस्रो जित निकालेको हो । सुपर १२ अन्तर्गत ग्रुप २ मा रहेको पाकिस्तान तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

आसिफ अलीले १९औं ओभरमा चार छक्का प्रहार गरेपछि पाकिस्तानले शुक्रबार भएको खेलमा अफनिस्तानलाई पाँच विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले ६ बल बाँकी छँदै पाँच विकेट गुमाएर पूरा गर्‍यो । अन्तिम दुई ओभरमा जितका लागि पाकिस्तानलाई २४ रन आवश्यक थियो । १९औं ओभर अफगानिस्तानका करिम जन्नतले बलिङ गरेका थिए ।

जसमा आसिफ अलीले चार छक्का प्रहार गरेपछि पाकिस्तानले एक ओभर अगावै खेल जितेको हो । पाकिस्तानले अब दुई एसोसिएट राष्ट्र नामिबिया र स्कटल्याण्डसँग खेल्न बाँकी छ । पहिलो हार बेहोरेको अफगानिस्तानको दुई खेलबाट दुई अंकसहित दोस्रो स्थानमा छ ।

 

 


Thali Mobile Pvt.Ltd.