भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

असार मसान्तभित्र एसइईकाे नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

असार मसान्तभित्र एसइईकाे नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने तयारी गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताएका छन् । उनले अहिले धमाधम उत्तरपुस्तिका परीक्षण भइरहेको जानकारी दिए।

उनले भने ‘असार मसान्तसम्ममा एसइई नतिजा प्रकाशित गर्ने हाम्राे लक्ष्य रहेकाे छ । मसान्तसम्म गनेछाैं पनि । यसमा केही प्राविधिक वा अरु समस्या आइपर्‍याे भने त्यो समयमा प्रकाशित नहुन पनि सक्छ । ’

गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको एसइइमा देशभरबाट करिब ५ लाख विद्यार्थीले परीक्षा सामेल भएका थिए । यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो।

 


Thali Mobile Pvt.Ltd.