६ महिना नपुग्दै प्रजिअ र एसपीकाे सरुवा

६ महिना नपुग्दै प्रजिअ र एसपीकाे सरुवा

बुटवल । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको ६ महिना नपुग्दै सरुवा गरिएको छ । प्रजिअ पिताम्वर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा गरिएको छ ।

अब रुपन्देहीमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ आउने भएका छन् । यसैगरी रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरेललाई पनि ६ महिना नपुग्दै गृह मन्त्रालयले सरुवा गरेको छ ।

त्यसैगरी सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक भरत खनियालाई पनि हटाइएको छ । फागुन २१ गते बुटवल रानीगन्जमा औद्योगिक क्षेत्रको शिलान्यास गर्न गएका अर्थमन्त्री विष्णु पौडेललाई स्थानीयले ढुंगामुढा गरेका थिए ।

स्थानीयको चर्को विरोध हुँदाहुँदै जबरजस्ती शिलान्यास गरेको भन्दै स्थानीयले ढुंङ्गा प्रहार गरेका थिए । साही घटालाई प्रमुख बनाई सीडीओ र सुरक्षा प्रमुखहरुलाई सरुवा गरिएको स्रोतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.