भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

आगामी आवका लागि कामपाको नीति कार्यक्रम ३ गते

आगामी आवका लागि कामपाको नीति कार्यक्रम ३ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते बिहीबार प्रस्तुत गर्ने भएको छ । चालु आवमा जस्तै यस वर्ष पनि कोरोना महामारी नियन्त्रण र यसले पारेको प्रभावलाई सहजीकरण गर्ने कार्य मुख्यरूपमा समेटिएका छन् । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भन्नुभयो, “चालु आवमा सञ्चालनमा रहेका तर विभिन्न कारणले गर्दा पूरा हुन नसकेका आयोजना पूरा गर्ने विषय पनि नीति कार्यक्रमको मुख्य विषय रहेको छ ।

त्यसैगरी कोरोनाले गर्दा आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा पर्न गएको समस्यालाई सहजीकरण गर्ने कार्य पनि प्रमुखरूपमा कार्यक्रममा समावेश भएको छ । असार ३ गते नीति कार्यक्रम ल्याउनका लागि महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा ६१औँ कार्यपालिका बैठक सम्पन्न भइसकेको छ । प्रमुख शाक्यले आउँदो वर्षका लागि गर्नुपर्ने कामलाई योजनाका रूपमा सङ्कलन गरी वडा समितिका बैठकबाट प्राथमिकीकरण गरेर पठाउन ३२ वटै वडाका वडाध्यक्षलाई आग्रह गर्नुभएको छ ।

चालु आवमा पनि कोरोना महामारी रहेकाले नीति कार्यक्रम र बजेट नै महामारी नियन्त्रण र यसले पारेको समस्या समाधानमा केन्द्रित रहेको थियो ।चालु आवका लागि कामपाले रु १५ अर्ब ५० करोडको बजेट विनियोजन गरेको थियो । सोमध्ये भौतिक पूर्वाधार क्षेत्रमा रु तीन अर्ब ९५ करोड रहेको थियो । अहिलेसम्ममा पूर्वाधार क्षेत्रको २५ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

 


Thali Mobile Pvt.Ltd.