काठमाडौ । गायक खेमराज गौतमको कोरोनासंग सम्बन्धीत लोकदोहारी गीत “मर्ने सिजन” बोलको गीत सार्वजनिक भएको छ । अत्यन्त मीठो मेलोडी, शब्द र आवाजको समिश्रण रहेको उक्त बोलको गीतलाई राप्ती म्युजिक मिडियाको यूट्यूब च्यानल डिजिटल प्ल्याटफर्म मार्फत विश्वव्यापी रुपमा सार्वजनिक भएको हो । गायक गौतमको आफ्नै शब्द, संगीत र संगीत संयोजनमा रहेको म्युजिक भिडियो पछिल्लो समय कोरोन भाइरसको करहरलाई लिएर निर्माण गरिएको छ ।
विश्वमा कोरोना भाइसरले गर्दा दैनिक मानिसहरुहरुले मृत्यु बरण गरिरहेको अवस्थालाई गीतमा चित्रण गरिएको छ । विश्व महामारी कोरोनाबाट कसरी बच्न सकिन्छ भनेर गीतका विभिन्न अशंहरुमा दिइएको गायतक गौतमले बताए । गायक गौतमको आफ्नै आवाज, शब्द र संगीत रहेको गीतलाई गौतम आफैले एरेन्ज गरेका छन् । गीतमा राज रावत, रोजिना मगर, कृष्ण विक र जस्मिन श्रीर्पालीको अभिनय रहेको छ । यस गीतको छायांकन हुम रेग्मील(रंगभूमि)ले गरेका छन् भने सम्पादन दिनेश मुस्कानले गरेका छन् ।


