भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आजदेखि ए डिभिजन लिग सुरु हुँदै

आजदेखि ए डिभिजन लिग सुरु हुँदै

काठमाडौं । ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ आजदेखि सुरु हुने भएको छ । फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लब उद्घाटनमा भिड्दैछन् । पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा खेलाउँन लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४ः४५ देखि बजे सुरु हुने संघले जनाएको छ । प्रशिक्षकको रुपमा राष्ट्रिय टिमसम्म काम गरिसकेका मृगेन्द्र मिश्र फ्रेण्ड्सको प्रशिक्षक छन् । मनाङ मर्स्याङ्दी र नेपाल पुलिसबाट खेलिसकेका डिफेण्डर सुरज विश्वकर्मा फ्रेण्ड्सको कप्तानका रुपमा रहेका छन् ।

सातदोबाटो डिभिजनमा नयाँ क्लब भए पनि प्रशिक्षक र कप्तान अनुभवी राखेको छ । ए डिभिजनको अनुभव बटुलिसकेको सातदोबाटोले प्रशिक्षक र कप्तानसहित केही विदेशी अनुभवी खेलाडी पनि भित्र्याएको छ । पहिलो पटक कप्तानी गर्न लागेका सुरज विकले लिगका लागि तयारी पनि राम्रै भएको बताए छ ।

यता सातदोबाटो क्लबले पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको भएपनि सबै उत्साहित रहेको प्रशिक्षक मेघराज केसीले बताए । एन्फाले फुटबल कल्चर विकास गर्ने लक्ष्यसहित यो पटक विकेन्डमा लिगका खेलहरु गराउँदैछ । लिगको विजेताले नगद ७५ लाख पाउनेछन् भने उपविजेताले ५० लाख पाउँने छ ।

तेस्रो हुनेले २५ लाख प्राप्त गर्नेछ । साविक विजेता मछिन्द्र पुटबल क्लबसँगै साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब उपाधिको मूख्य दाबेदारको रुपमा देखिएका छन् । यस्तै सर्वाधिक ८ पटकको च्याम्पियन मनाङले पनि उपाधि जित्ने लक्ष्य राखेको छ । थ्री स्टार क्लबले पनि उपाधिकै लागि प्रतिस्पर्धा गर्ने जनाएको छ । यसपाली नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ क्लब प्रतिस्पर्धा गर्दैछन् ।

 


Thali Mobile Pvt.Ltd.