भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आक्रमणमा मुस्लिम धर्मगुरु किरेभु मारिए

आक्रमणमा मुस्लिम धर्मगुरु किरेभु मारिए

काठमाडौं । युगाण्डामा अतिवादीविरुद्धको सुरक्षा कारबाहीमा मुस्लिम धर्मगुरु मारिएका छन् । विद्रोहीको अखडा राजधानी कम्पालाभन्दा केही बाहिर सुरक्षा कारबाहीमा धर्मगुरु शेख मुहम्मद अब्बास किरेभु मारिएका हुन् । उनको नेतृत्वमा रहेको अतिवादी समुहले ‘एलाइड डेमोक्रेटिक फोर्सेस– एडिएफसँग मिलेर गत मंगलवार कम्पालामा आत्माघाति विष्फोट गराएको युगाण्डा सरकारले दावी गरिरहेको वेला
सुरक्षाकर्मीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो ।

अब्बास किरेभु युगाण्डामा मस्लिम समुदायमा लोकप्रिय थिए । सन् २०१९ मा इस्लामिक स्टेटसँग आवद्ध भएयता यो संगठनले कंगो, युगाण्डा लगायतका देशहरुमा आक्रमण गर्दै आएको छ । सन् १९९० को दशकमा गठन भएको विद्रोही समुह एडिएफ अहिले प्रजातान्त्रिक गणतन्त्र कंगोमा आश्रय लिइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.