भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको छ : वरिष्ठ उपाध्यक्ष ढकाल

सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको बताएका छन् । विहिबार आईएमईले आयोजना गरेको आईएमई डबलको डबलको डबल अफरका भाग्यशाली विजेता घोषणा गर्न आयोजित कार्यक्रममा अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन ।

उनले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने समेत बताए । अब नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउने प्रक्रिया पनि सुरु भइसकेकोले सबैलाई साथ दिन ढकालले आग्रह गरे । लगानीबाट राम्रो प्रतिफल आउने भएकोले पनि रेमिट्यान्सलाई सही सदुपयोग गर्नु पर्ने उनको तर्क थियो ।

आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आईएमईले नागरिकको सहजताका लागि काम गर्ने संस्थाका रुपमा विकास भएको बताउदै संस्थागत सामाजिक उत्तरदायित्व तथा अन्य समयमा पनि आम नागरिकको समस्या समाधान गर्ने प्रयास आईएमईले हरेक वर्ष गर्दै आएको उनको भनाई थियो ।

 


Thali Mobile Pvt.Ltd.