भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन

स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन

सिमकोट । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा नौ सदस्यी पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरिएको हो ।

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाकोे उपस्थितिमा शिक्षा समितिको केही दिनअघि बसेको बैठकले स्थानीय भाषा र तिब्बतीयन भाषाका लागि समिति गठन गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख मनराज बुढाले जानकारी दिए ।

गाउँपालिकाको आर्थिक सहयोगमा लिमी सम्भोटा र हुम्ली भोट लामा भाषामा पाठ्यक्रम लेखन तथा निर्माणको काम अगाडि बढाउने निर्णय गरिएको हो । कक्षा १ देखि ८ सम्मको स्थानीय भाषाको पाठ्यक्रम तयार गरिने समितिको सदस्यमा पाल्जोर तामाङ र कन्जोक लामा तथा मनराज बुढा सदस्य सचिव रहेका छन् । स्थानीय भाषा ऐच्छिक विषयका रुपमा रहने छ ।

शिक्षा शाखा प्रमुख बुढाले आगामी शैक्षिक सत्र २०८१ र ८२ देखि गाउँपालिभित्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा उक्त स्थानीय पाठ्यक्रम लागू गर्ने गरिने बताए । स्थानीय भाषा लेखनमा पोख्त कन्जोक लामाले पेसा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तिकला, पर्यटनजस्ता विषयलाई समावेश गरिने बताए । नाम्खा गाउँपालिकाका सामुदायिक, संस्थागत र धार्मिक गरी १७ विद्यालयमा लामा भोट भाषाको पठनपाठन गराउने तयारी छ ।

 


Thali Mobile Pvt.Ltd.