आमाको मुख हेर्ने दिन नजिकिँदै गर्दा ‘आमा’ भिडियो

आमाको मुख हेर्ने दिन नजिकिँदै गर्दा ‘आमा’ भिडियो

काठमाडौं । आमाको मुख हेर्ने दिन नजिकिँदै जाँदा आमा बोलको गीत सार्वजनिक भएको छ । लोक पौडेल र अन्जु पन्तको स्वरमा मीरा मोसन पिक्चर्स मार्फत गीत सार्वजनिक गरिएको हो ।

यो गीतमा लोक पौडेलकै शब्द एवं संगीत रहेको छ । दयाराम घिमिरेले निर्देशन गरेको भिडियोलाई आमा छोराको वियोगान्त कथामा प्रस्तुत गरिएको छ ।

भिडियोमा सरिता राजोपाध्याय, दिपेश गजुरेल, बालमुकुन्द आचार्य, बलराम बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ । यो भिडियोको सम्पादन दशरथ गिरिले गरेका हुन् भने खेम थापा मगरले छायांकन गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.