भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

आयुर्वेद चिकित्साबाट पनि उपचार शुरु

आयुर्वेद चिकित्साबाट पनि उपचार शुरु

जनकपुरधाम । मादी गाउँपालिका–१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र९पिएचसी०मा आयुर्वेद औषधालय शाखा स्थापना गरिएको छ । गाउँपालिकासहित लमजुङको उत्तर पश्चिम भेगका नागरिकलाई आधारभूत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रमा गण्डकी प्रदेश आयुर्वेद औषधालय केन्द्रले शाखा सञ्चालनमा ल्याएको छ । सङ्घीय सरकारको जीवनशैली व्यवस्थापन कार्यक्रमअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र रहेका ठाउँमा आयुर्वेद औषधालयको सेवा सञ्चालनको योजनाअनुसार चिकित्सकसहित आयुर्र्वेदको सेवा विस्तार गरिएको प्रदेश आयुर्वेद औषधालय पोखराका प्रमुख कुमार कासुलाले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिका र स्वास्थ्य केन्द्रले उपलब्ध गराएको भौतिक पूर्वाधार संरचनाको प्रयोग गरेर योग, प्राणायाम, ध्यानलगायतका उपचार पद्धतिका माध्यमबाट नसर्ने र दीर्घ रोगको उपचारका लागि विशेष जोड दिइने छ । कासुलाले भन्नुभयो, “नेपालको मौलिक चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेदको ज्ञान वर्षोदेखि नजानिँदो किसिमले पनि पुस्तान्तरण भइरहेको छ, जडिबुटीको प्रयोग हुने आयुुर्वेद औषधीको प्रयोगमार्र्फत ग्रामीण क्षेत्रका जनतालाई स्वास्थ्य सुविधा प्रदान गर्न शाखा सञ्चालनमा ल्याएका हौँ ।”

यसैगरी बाथ रोगका लागि स्नेहन९मालिस० र स्वयदन९बाफले सेक्ने० लगायतका पद्धतिबाट समेत बिरामीको उपचार गरिने शाखा प्रमुख डा दीपक भुसालले बताउनुभयो । नेपाल सरकारले तोकेका २३ थरीका विभिन्न आयुर्वेद औषधी पनि निःशुल्क विरतण गरिने उहाँले जानकारी दिनुभयो । आयुर्वेद चिकित्सक र एक जना पञ्चकर्म सहायक गरी दुई जनाले सो शाखाबाट बिरामीलाई सेवा प्रदान गर्नेछन् ।

गण्डकी आयुर्वेद औषधालयले यसअघि विसं २०७५ मा माछापुच्छ«े गाउँपालिका–६ भिँडाबारीमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पनि शाखा सञ्चालमा ल्याएको थियो । आयुर्वेद प्रमुख कसुजाका अनुसार चालू वर्षमा मादी गाउँपालिकाको सिक्लेस, अन्नपूर्ण गाउँपालिकाको नौडाँडा र पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा गरी तीन वटा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी परामर्श सेवासहित आयुर्वेद औषधी निःशुल्क वितरण गरिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.