भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन प्राधिकरणको निर्देशन

विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ । प्राधिकरणले दोस्रो चरणको कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको जनाउँदै सेवाग्राहीको आवतजावत कम गर्न सकेसम्म महसुल भुक्तानीलगायतका सेवा यथासम्भव विद्युतीय माध्यमबाट व्यवस्था मिलाउन निर्देशन दिएको हो । प्राधिकरणले अनुमति प्राप्त सबै सेवाप्रदायक कम्पनीलाई कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा प्रवाहलाई निरन्तरता दिन आज नौ बुँदे निर्देशन दिएको हो । प्राधिकरणमा कार्यरत आठ कर्मचारीको दोस्रो चरणको कोरोना सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको छ ।

प्राधिकरणको सबै काम अनलाइनमार्फत सञ्चालन भएपछि सेवाप्रदायक कम्पनीलाई समेत सकेसम्म वर्क फर्म होम ९घरबाट नै काम० को व्यवस्था मिलाउन निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्राधिकरणले सेवाप्रदायक कम्पनीलाई नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाह गर्न, प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्नसमेत निर्देशन दिएको छ ।

यस्तैगरी कर्मचारीलाई समूहमा विभाजन गरी समूह÷समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य गर्ने वातावरण मिलाउन, सङ्क्रमण देखिएका कर्मचारीको कोरोना परीक्षण गर्न तथा कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाउन, कोभिड–१९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि व्यवस्थापन समूह गठन गरी सक्रिय बनाउन तथा प्राधिकरणबाट यसअघि जारी गरिएका निर्देशनको समेत परिपालना गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.