भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

आसियान बैठकः क्षेत्रीय आर्थिक साझेदारीका निम्ति बेग्लै सचिवालय स्थापनामा कम्बोडियाको जोड

आसियान बैठकः क्षेत्रीय आर्थिक साझेदारीका निम्ति बेग्लै सचिवालय स्थापनामा कम्बोडियाको जोड

नोमपेन, । सदस्य राष्ट्रहरूको अर्थतन्त्रलाई कोभिड–१९ महामारीअघिको अवस्थामा पुर्‍याउने तथा प्रमुख क्षेत्रीय र विश्वव्यापी चुनौतीको सामनामा केन्द्रित रहेर दश सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानका विदेश मन्त्रीहरूको पाँचौँ बैठक यहाँ प्रारम्भ भएको छ । कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले क्षेत्रीय सुरक्षा, म्यानमार मुद्दा, युक्रेन युद्ध र जलवायु परिवर्तनलगायतका क्षेत्रीय चासोका विषयमा केन्द्रित रहेर बैठकको उद्घाटन गर्दै स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयन एवम् समन्वयका लागि एकल सचिवालय स्थापना गर्ने प्रस्ताव गरेका गर्नुभएको छ । साथै उहाँले व्यापक क्षेत्रीय आर्थिक साझेदारी आरसिइपी का निम्ति बेग्लै सचिवालय अपरिहार्य भएको बताउनुभयो ।

गत जनवरीमा लागू भएको आरसिइपीको प्रभावकारी कार्यान्वयनमा समन्वय गर्न यथाशक्य चाँडो एकल सचिवालय हुनु आवश्यक भएको बताउँदै उहाँले कम्बोडियामा उक्त सचिवालय स्थापना गर्न आफू तयार रहेको जानकारी दिनुभयो । आसियानका सदस्य ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम र तिनका व्यापार साझेदार चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यूजील्याण्ड सदस्य रहेको आरसिइपीको सचिववालय नोमपेनमा स्थापना गर्न सदस्य राष्ट्रबाट समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । दीर्घकालीन रूपमा क्षेत्रीय र विश्वव्यापी आर्थिक वृद्धिमा आरसिइपीले नयाँ गति दिने उहाँले बताउनुभयो ।

कम्बोडियाले टकराव नभइ पारस्परिक एकता र सहयोगका लागि जोड दिएको बताउँदै उहाँले विभाजनका विषयलाई त्यागेर सहकार्य र साझेदारीमा सदस्य देशहरूले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । कम्बोडियाली नेताले युक्रेन युद्धले गम्भीर आर्थिक अवरोधका साथै खाद्य र ऊर्जा सुरक्षामा आँच पु¥याएको र तयसले विश्वलाई फेरि एकपटक विभाजनतर्फ धकेलेकामा चिन्ता व्यक्त गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.