भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

‘विकास र समृद्धिको चाहना अघि बढ्न सकेन’

‘विकास र समृद्धिको चाहना अघि बढ्न सकेन’

दाङ, । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताउनुभएको छ । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाउनुभएको छ ।

महासचिव पोखरेलले अहिलेको बजेट जनताको हित र कल्याणमा छैन भन्नुभयो । उहाँले शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको टिप्पणी गर्नुभयो । पाँच दलीय गठबन्धनका बीचमा आफनो पार्टीको जनमत नघटेको दाबीसमेत उहाँले गर्नुभयो । कार्यक्रममा दाङको समग्र विकासका लागि आफू गम्भीर रुपमा लागिरहेकोसमेत महासचिव पोखरेलले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.