भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

शहरबाट माग बढेपछि मोरङका वनमा निगुरो टिप्नेहरूको भीड

शहरबाट माग बढेपछि मोरङका वनमा निगुरो टिप्नेहरूको भीड

मोरङ । माग बढेसँगै मोरङका वनमा निगुरो टिप्नेहरूको भीड लाग्न थालेको छ । स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताए ।काठमाण्डौलगायत शहरी क्षेत्रबाट तरकारीको रूपमा प्रयोग हुने निगुरोको माग बढेपछि वन क्षेत्रबाट ठूलो परिमाणमा निगुरो सङ्कलन हुन थालेको राईले बताउनुभयो । जनसेवा सामुदायिक वनबाट मात्रै वर्षमा झन्डै तीन करोड रुपैयाँको निगुरो बाहिरिने गरेको उहाँको भनाइ छ ।

सङ्कलकहरूले निगुरो प्रतिमुठा १५ रुपैयाँका दरले सङ्कलन केन्द्रमा बिक्री गर्छन् । सङ्कलन केन्द्रले प्रतिमुठा १७ रुपैयाँका दरले व्यापारीलाई दिने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको उर्लाबारीदेखि बेलबारीसम्मका सडक किनारमा पनि जङ्गलबाट टिपेर ल्याएको निगुरो बिक्रीका लागि राखिएका भेटिन्छन् । बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश गिरी निगुरो टिप्नेहरूको भीड बढेका कारण कार्यविधिमा उल्लेख गरेर सङ्कलकहरूका लागि परिचयपत्रको व्यवस्था गर्ने तयारी गरेको बताए।

जङ्गलबाट टिपिने भएकोले पूर्णरूपमा अर्गानिक हुने निगुरो स्वादिलो र स्वस्थ्यकर हुन्छ । कृषि विज्ञ डा। राजेन्द्र उप्रेती प्रोटिन, भिटामिन ुएु, क्याल्सियम लगायतका पोषक तत्त्व पाइने निगुरो निकै स्वस्थ्यकर तरकारी रहेको बताए ।उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । रासस

 


Thali Mobile Pvt.Ltd.