भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको ६ खण्डको स्तरोन्नति

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको ६ खण्डको स्तरोन्नति

म्याग्दी । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ६ खण्डको स्तरोन्नति गरिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने उक्त सडकको अब एउटा प्याकेजको स्तरोन्नतिको काम बाँकी छ । आयोजनाका प्रमुख जगत् प्रजापतिले ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये ६ प्याकेज निर्माण सकिएको जानकारी दिनुभयो । छयहत्तर किलोमिटर दूरीको बेनी–जोमसोमको चारमध्ये एउटा प्याकेजको कालोपत्र सकिन लागेको र अर्को प्याकेज कालोपत्रको तयारीमा रहेको उहाँले बताउनुभयो ।

जोमसोम–कोरला खण्डअन्तर्गत तामाङ–गौरी पार्वती–सप्तकोशी जेभीले ठेक्का लिएको २५ किलोमिटर दूरीको चराङ–छोसेरबाहेकका प्याकेजको स्तरोन्नति सकिएको छ । उक्त खण्डको भौतिक प्रगति ६५ प्रतिशत छ । ग्राभेल भइसकेको २५ किलोमिटर दूरीको जोमसोम–कागबेनी खण्डको सडक दोस्रो चरणमा कालोपत्र गर्ने तयारी भएको छ । भेना–घिलिङ, कागबेनी–ताङवे, ताङ्वे–चैले, चैले–चराङ र छोसेर–कोरला खण्डको सडक स्तरोन्नति भइसकेको छ । बेनी–जोमसोम खण्डको ६५ र जोमसोम–कोरला खण्डको ८५ प्रतिशत प्रगति छ । एघार मिटर फराकिलो, नाली, ग्याविनसहितको पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गर्ने काम सकिएको छ ।

झण्डै रु ६ अर्बको लागत अनुमान गरिएको उक्त आयोजनामा आर्थिक वर्ष २०७७÷७८ सम्म रु पाँच अर्ब १३ करोड ४८ लाख खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनालाई रु एक अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ । सो सडकको विभिन्न ठाउँमा करिब २० मोटरेबल पुल निर्माणाधिन छन् । आयोजनाअन्तर्गत १९ किलोमिटर दूरीको म्याग्दीको गलेश्वर–नारच्याङ पुल खण्डको गलेश्वर र राहुघाटबाट बेगखोलासम्मको ६ किलोमिटर कालोपत्र सुरु भएको छ । शर्मा गजुरमुखीले ठेक्का लिएको तेस्रो नम्बर प्याकेजमा पर्ने १६ दशमलव ५ किलोमिटर दूरीको कैकुखोला–खन्ती खण्ड कालोपत्र अन्तिम चरणमा पुगेको छ ।

सोही कम्पनीले ठेक्का लिएको नारच्याङ–कैकुखोला खण्डमा पर्ने काभ्रे, बादरजुङ र घोप्टेभिर खण्डमा पहाड फुटाएर सडक विस्तार गर्न तीन हजार प्वाल खोलेर १० मेट्रिक टन जिलेटिन विस्फोट गराउने तयारी छ । बर्खाका कारण रोकिएको सडक निर्माणको काम दसैँलगत्तै अघि बढेको छ । चौथो नम्बर प्याकेजमा पर्ने कोवाङबाट जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न थालिएको छ । “बेनी घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुँदैछ”, आयोजनाका इञ्जीनियर आशिष मानन्धरले भन्नुभयो, “एघार मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र गछौँ ।”

तेह्र किलोमिटर दूरीको बेनी–मालढुङ्गा सडक विस्तारको काम पनि सुरु भएको छ । मालढुङ्गाबाट बेनी हुँदै जोमसोमसम्म दुई लेन कालोपत्र र जोमसोमबाट कोरलासम्म ११ मिटर फराकिलो ग्राभेल सडक बनाउन सञ्चालित उक्त आयोजना राष्ट्रिय गौरवको हो ।

 


Thali Mobile Pvt.Ltd.