भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

इसानको निबन्ध प्रतियोगितामा अर्याल प्रथम

इसानको निबन्ध प्रतियोगितामा अर्याल प्रथम

काठमाडौँ । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान)ले सञ्चालन गरेको ‘इसान कृष्टिना अन्तरविद्याय निबन्ध लेखन प्रतियोगितामा हिशृङ्खला एकेडेमीका मेघा अर्याल प्रथम हुनुभएको छ । प्रतियोगितामा गोकर्ण माविका अञ्जिला थापा र टाइमलाइन स्कुलका सैमा शेर्पा क्रमशः द्वितीय र तृतीय हुनुभएको छ ।एसइई उत्तीर्ण विद्यार्थीको सम्मान र प्रतियोगिताका विजयीलाई पुरस्कार वितरणबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा इसानका कार्यबाहक अध्यक्ष मदनराज रेग्मीले प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार दिइने जानकारी दिनुभयो ।

इसानका महासचिव गणेशप्रसाद खतिवडाले यही भदौ २२ गते हुने कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलबाट विजयीलाई पुरस्कृत गरिने जनानुभयो । कार्यक्रममा नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगिताका विजयी तथा विभिन्न ५० निजी विद्यालयको सहभागिता हुने जनाइएको छ । सो अवसरमा इसानमा आबद्ध विद्यालयबाट एसइईमा जिपिए चारसहित उत्कृष्ट ग्रेड ल्याउने ५२ विद्यार्थीलाई सम्मान गरिनेछ ।इसानका पूर्वअध्यक्ष राजकुमार श्रेष्ठले सरकारले नयाँ पाठ्यक्रम र परीक्षाका नीति लागू गर्दा उचित परामर्श र तयारी गर्नुपर्ने बताउनुभयो भने अर्का पूर्वअध्यक्ष बालमुकुन्द कार्कीले निजी विद्यालयले तोकिएबमोजिम कर तिर्दै आएको तर सकारबाट कुनै सहुलियत नपाएको गुनासो गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.