भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

कोरोना भाइरसबारे मुसिकोट ९ मा छलफल

कोरोना भाइरसबारे मुसिकोट ९ मा छलफल

रुकुम । कोरोना भाइरस सम्बन्धि एक दिने जनचेतनामूलक कार्यक्रम मुसिकोट ९ मा सम्पन्न भएको छ ।

माहामारिको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका छलफल भएको हो । उपचारको व्यवस्थासंगै यसबाट जोगिन व्यक्तिगतरुपमा ध्यान दिनु पर्ने कुराहरुका विषयमा सचेत गराइएको छलफलको वडा अध्यक्ष नवीन ओलीले जानकारी दिए ।

nabinअध्यक्ष ओलीको अध्यक्षतामा सप्पन्न सो जनचेतनामूलक छलफल कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी, स्वयमसेबिका, विद्यालयका प्र. अ., नेपाल प्रहरीको सहभागिता रहेको थियो ।

वडा सचिव टेक बहादुर रोकाय र स्वास्थ्य चौकी चौखावाङ्गका इन्चार्ज डिल्लीराम बोहराले कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सहजीकरण गरेका थिए । वडा कार्यालयमा हेल्प डेक्स स्थापना गरेर कोरोना भाइरसबाट बच्न प्रचार प्रसारलाई समेत अगाडि बढाईएको छ ।

 


Thali Mobile Pvt.Ltd.