भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन |

उद्योग वाणिज्य महासङ्घद्वारा विभिन्न समिति र फोरम गठन

उद्योग वाणिज्य महासङ्घद्वारा विभिन्न समिति र फोरम गठन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सङ्घको विधानअनुसार गठित विभिन्न समिति तथा फोरममा सभापति चयन गरेको छ । महासङ्घ सचिवालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन हुनुभएका कार्यकारिणी समिति सदस्यलाई कार्यादेशसहित सभापतिको औपचारिकपत्र हस्तान्तरण गर्नुभयो । सोअनुसार उद्योग समितिमा भरतराज आचार्य, व्यापार समितिमा विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समितिमा डिबी बस्नेत, महिला उद्यमी विकास समितिमा रीता सिंह, स्थल यातायात तथा पारवहन समितिमा प्रकाशसिंह कार्की, कर तथा राजश्व समितिमा सन्दीपकुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा ज्योत्स्ना श्रेष्ठ, सूचना तथा सञ्चार प्रविधि विकास समितिमा मङ्गेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बीमा समितिमा शाहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिमा आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एन्ड इनोेभेशन समितिमा रञ्जीतराज आचार्य, स्थानीय विकास समितिमा सुरकृष्ण वैद्य र स्वास्थ्य तथा सीप विकास समितिमा हेमराज ढकाल, निर्यात प्रवद्र्धन समितिमा मनिषलाल प्रधान, व्यापार मेला समितिमा नरेन्द्र खड्का, ऊर्जा तथा वातावरण समितिमा गोपाल खनाल र शहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको छ । फोरमतर्फ द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरममा ई देशबन्धु बस्नेत, सामाजिक तथा स्वास्थ्य सेवा फोरममा राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरममा आकाश अधिकारी, पूँजी बजार फोरममा अम्बिकाप्रसाद पौड्याल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाउनुभएका सबैले निजी क्षेत्रलाई सशक्त ढङ्गबाट अगाडि बढाउने र महासङ्घको गरिमा उच्च बनाउने कार्यमा परिणाममुखी ढङ्गले निर्वाह गर्नुहुने अपेक्षा गर्नुभयो । साथै उहाँले आआफ्ना समिति तथा फोरमलाई शीघ्र पूर्णता दिई समिति तथा फोरमका कार्यलाई अगाडि बढाउन शुभकामनासमेत दिनुभएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.