काठमाडौं । अमेरिकामा बसेर सिर्जनामा सक्रिय गोपाल प्याकुरेलको शब्दमा सुगम संगीतमा आधारित चोरी सुटुक्क मन शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा स्वर लोकप्रिय गायक स्वरूप राज आचार्य र गायिका मिलन नेवारको रहेको छ । यस गीतलाई वरिष्ठ शम्भुजित बास्कोटाले संगीतवद्द गरेका हुन् । मनोहर सुनामको गीतमा संगीत संयोजन रहेको छ। प्रेम सम्बन्धमा आउने उतार चढावलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गम्भीर बिस्ट र ऋचा थापा फिचर्ड छन् ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…
सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई लु.ज. सिंहले छायांकन गरेका हुन् । भिडियोमा सुनिल थापाको सम्पादन रहेको छ । मिना भट्टराई उत्पादक रहेको यस भिडियोलाई गजित बिस्टको निर्देशनमा तयार पारिएको हो।
