भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

लिबियामा इन्धन बोकेको ट्रक विस्फोटमा ६ जनाको मृत्यु

लिबियामा इन्धन बोकेको ट्रक विस्फोटमा ६ जनाको मृत्यु

सेभा, लिबिया, । लिबियाको दक्षिणपश्चिममा सोमबार इन्धन बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको चिकित्सकहरूले बताएका छन्। विस्फोटको कारण भने अझै खुल्न सकेको छैन । उक्त ट्रक बेन्ट बयाह जिल्लास्थित पेट्रोल स्टेशनतर्फ जाँदै थियो। उक्त विस्फोटपछि नजिक रहेका कारहरूमा आगलागी भएको थियो र ठूलो भागदौड मच्चिएको थियो।

दक्षिणी लिबियाको मुख्य शहर सेभाको एक अस्पतालका अधिकारीले एएफपीलाई छ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । सो अस्पतालमा ५० भन्दा बढी घाइतेहरू भर्ना गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको पनि बताइएको छ। अन्तरिम प्रधानमन्त्री अब्दुलहामिद दबेबाले ट्वीट गर्दै सरकारले घटना बारे अनुसन्धान थालेको बताउँनु भएको छ।

‘हामीले घाइतेहरूलाई तत्काल प्रमुख अस्पतालमा लैजान क्राइसिस सेललाई निर्देशन दिएका छौं । ट्विटमा लेखिएको छ । लिबियामा अफ्रिकाको सबैभन्दा ठूलो तेल भण्डार छ तर छिमेकी देशहरूमा हुने इन्धन तस्करीले पम्पहरू प्रायः रित्तै रहने गर्दछन् । गद्दाफीको सत्ताच्युतपछि लिबिया थप समस्याग्रस्त बनेको छ।

 


Thali Mobile Pvt.Ltd.